सन्तोषकुमार राठी बने एनआईसी एशिया क्यापिटलको अध्यक्ष

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । उनलाई यही फागुन ८ गते बसेको संस्थाको १२०औँ बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

फागुन ८ गतेदेखि नै लागू हुने गरी अध्यक्षमा नियुक्त भएका राठी एनआईसी एशिया बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । राठीसँग बैंकिङ क्षेत्रमा करिब २० वर्ष काम गरेको अनुभव छ ।

नवनियुक्त अध्यक्ष राठीले हासिल गरेको लामो कार्यानुभव तथा उच्च व्यवस्थापकीय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाइ चुम्ने विश्वास गरिएको छ ।

एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमाससम्ममा ५ करोड ६१ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी ५६.१० कायम गर्न सफल भएको छ ।


प्रतिक्रिया