सन्दीपविरुद्ध मुद्दाको सर्वोच्चमा आज सुनुवाइ हुँदै

Aadil Times 1+ समाचार ( )
१९ माघ २०७९

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो ।

नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

प्रतिक्रिया