थपिए २ जना कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
२७ मंगशिर २०७९

देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६०४ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय ८७ जनाको पीसीआर र १ हजार २१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १० जना संक्रमणमुक्त भएका छन् भने देशभर १७ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया