बैंकको चर्को ब्याजदर घटाउन विराटनगर व्यवसायीहरु चरणवद्ध आन्दोलनमा

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

चर्को ब्याजदर तथा प्रतिकुल बैंकिङ नीतिहरु बिरुद्ध उद्योगि ब्यवसायीहरुले विराटनगरमा प्रर्दशन गरेका छन । उच्च बैंक ब्याजदर घटाउन र प्रतिकुल नीतिहरु सच्याउन मागगर्दै उनिहरुले विराटनगरमा प्रर्दशन गरेका हुन । 

चर्को ब्याजदर तथा प्रतिकुल बैंकिङ नीतिहरु बिरुद्ध मोरङका उद्योगी ब्यवसायीहरुले बुधबार विराटनगरमा नगरपरिक्रमागर्दै प्रर्दशन गरेका छन । बुधबार बिहान मोरङ ब्यापार संघको कार्यालय परिसरमा बिरोध स्वरुप कालो लुगा लगाएर उपस्थित भएका ब्यवसायीले नगर परिक्रमागर्दै नेपाल राष्ट्र बैंक र प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री र राष्ट्र बैंकलाई सो बिषयको ज्ञापनपत्र समेत बुझाएका छन । 

उद्योग संगठन मोरङ,नेपाल उद्योग परिसंघ,प्रदेश १ र मोरङ ब्यापार संघको आयोजनामा बृहत मौन जुलुस निकालिएको हो । गोश्वारा रोडस्थित मोरङ ब्यापार संघ परिसरबाट निकालिएको जुलुसका सहभागिले मेनरोड हुँदै नगरक्षेत्रको विभिन्न परिक्रमा गर्दै देवकोटाचोक पुर्व रहेको राष्ट्र बैंक परिसरसम्म पुगेका थिए । उद्योगि ब्यवसायिले सो ठाउँमा कालो ब्यानर राखेर धर्नादिंदै कोण सभा समेत गरेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले तीन दशकयता अहिलेको आर्थिक मन्दी चरम अवस्थामा पुगेको बताउनुभयो । मंसिर १५ गतेभित्र उद्योगी ब्यवसायीले उठाएका माग सम्बोधन नगरे अवस्था भयावह हुने चेतावनी दिनुभयो । 

मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले उद्योगी ब्यवसायिले मुलुकको विकासका निम्ति हरेक क्षेत्रबाट सहयोग गर्दै आएपनि सरकारी पक्षबाट संधै हेपाईती सहनुपरेको गुनासो गर्नुभयो । 

नेपाल उद्योग परिसंघ,प्रदेश १ का अध्यक्ष भिम घिमिरेले पछिल्लो समय बैंकहरु सामन्तबादको उदाहरणकोरुपमा प्रस्तुत भईरहेको दाबी गर्नुभयो । यस्तो अवस्थामा समेत सरकार र राष्ट्र बैंकले बैंकहरुलाई संरक्षण गरिरहेको बताउनुभयो । कोण सभामा बोल्दै मोरङ ब्यापार संघका पुर्व अध्यक्ष पवनकुमार सारडाले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरु नाफामा उद्योगहरु घाटामा जाने अवस्था सृजना भएको बताउनुभयो । उहाँले उद्योगि ब्यसायिले उठाएका माग सम्बोधन नगरे स्थिति भयावह हुने चेतावनी दिनुभयो । अर्का पुर्व अध्यक्ष प्रकाश मुन्दडाले गर्भनरले चाहे तत्काल समस्या समाधन हुनसक्ने बताउँदै त्यसो गर्न नसके मार्ग प्रशस्त गर्न माग गर्नुभयो ।

प्रतिक्रिया