सुनचाँदी आज कतिमा कारोबार हुँदैछ

Aadil Times 1+ समाचार ( )
८ फाल्गुन २०७९

साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया