उपराष्ट्रपति पदमा सत्ता गठबन्धन भित्रै खिचातानी: ४ जनाको उम्मेदवारी दर्ता

Aadil Times 1+ समाचार ( )
सहमति जुट्न नसकेपछि सत्ताबाटै तीन जनाले उम्मेदवारी दर्ता...
२७ फाल्गुन २०७९

पटक पटकको बैठकबाट पनि उपराष्ट्रपति पदको उमेदवार टुङग्याउन नसक्दा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो । 

उम्मेदवारी दर्ता गर्नेहरुमा सत्ता गठबन्धनका तर्फबाट जसपाका राम सहाय प्रसाद यादव, जसपाकै प्रमिला यादव तथा जनमत पार्टीकी ममता झा छन् । त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनले उपराष्ट्रपतिका लागि साझा उम्मेदवार तय गर्ने भनेपनि सहमति जुट्न नसक्दा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

शनिबार बिहान बालुवाटारमा साझा उम्मेदवार तय गर्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनबाटै तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यद्यपि उनीहरुले एक जनामा सहमति खोज्ने र दुई जनाको उम्मेदवारी फिर्ता गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार