विराटनगरमा आज सीएनआई एक्स्पोको उद्घाटन अध्यक्ष ओलीले गर्ने

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पो उद्घाटनको सबै तयारी पुरा भएको छ ।

भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुमा उद्योगी व्यवसायीहरुले आफ्ना उत्पादनको प्रवद्र्धन र विक्री वितरणको तयारी गरिरहेका छन् ।

उद्घाटनलाई भव्यता प्रदान गर्न प्रमुख सल्लाहकार महेश जाजुले विशेष कार्यक्रम तयार पारिएको बताएका छन् । उनले उद्घाटनलाई अविस्मरणिय बनाउन कुनैपनि कसर बाँकी नराख्ने बताए । 

उद्घाटनमा बटुकहरुद्वारा स्वस्तिक बाचनदेखि शान्तिका दुतका रुपमा १३ वटा परेवा र बेलुन उडाउने सम्मका कार्यक्रम राखिएका छन् । आयोजक समितिका सबै पदाधिकारीहरुले अनिवार्य रुपमा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थिति जनाउने छन् ।

उद्घाटन अघि अपरान्ह १२ बजे विराटनगरको ट्राफिक चोकबाट सबै जातजातीको परम्परा र साँस्कृतिक पहिचान झल्किने पोषाकमा झाँकी सहितको ¥याली पनि निकालिने एक्स्पोको सचिवालयले जनाएको छ ।

महिलाको समुहले पञ्चेबाजा बजाएर झाँकीको सूरुवात गरिने जनाइएको छ । झाँकीमा नेपाल पुलिसको ब्याण्डसहित थारु, झाँगड लगायतका जातजातीको समुह सहभागी हुने सीएनआई प्रदेश १ अध्यक्ष भीम घिमिरेले बताए ।

एक्स्पोको प्रचारका लागि बुधबार एक्स्पो स्थलबाट मोटर ¥याली समेत निकालिएको थियो । नेपाल उद्योग परिसंघ अन्तरगतको युवा उद्यम च्याप्टरको समन्वयमा निकालिएको मोटर ¥यालीको उद्घाटन सीएनआईका प्रमुख सल्लाहकार महेश जाजु, सल्लाहकार पवन सारडा लगायतले गरेका थिए ।

प्रतिक्रिया