कम्बोडियाबाट निराकारको शव घरमा आइपुग्यो

Aadil Times 1+ समाचार ( )
७ माघ २०७९

म्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव घरमा ल्याइएको छ ।कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गएको पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको शनिवार दिउँसो १२ः३० बजे बिर्तामोडस्थित निवासमा पुर्‍याइएको हो ।

युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको थिए । उनको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।

पाण्डे बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको थियो । घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए । आजै कनकाइ माईमा स्व. पाण्डेको अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया