इलाम २ मा १६ मतले पछि परे सुवास नेम्वाङ

Aadil Times 1+ समाचार ( )
१० मंगशिर २०७९

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् । खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।

शुक्रबारसम्म हजारभन्दा बढी मतले अग्रता कायम गरेका नेम्वाङ इलाम नगरपालिका क्षेत्रको मतगणना सुरु भएपछि पछि पर्दै गएका हुन् ।

पछिल्लो समय इलाम नगरपालिका क्षेत्रको वडा, १, २ र ३ को गणना भइरहेको हो । तीमध्ये वडा २ एमालेको प्रभाव क्षेत्र मानिन्छ भने अरु दुईवटा वडा कांग्रेसको प्रभाव क्षेत्र हो ।

२०४८ सालयता निरन्तर निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका नेम्वाङलाई यसपटक पहिलोचोटि प्रतिस्पर्धा गरिरहेका कांग्रेसका खड्काले चुनौती दिएका हुन् ।


प्रतिक्रिया