विराटनगर महानगरले क्रिकेटर ललित र दिपेशलाई सम्मान गर्ने

Aadil Times 1+ समाचार ( )
६ चैत्र २०७९

विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई जनही एक लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई एक लाख एक हजार नगदसहित सम्मान गर्ने निर्णय भएको महानगर प्रमुख नागेश कोइरालाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया