टर्की सिरिया भूकम्प : १४० घण्टापछि बालिकाको जीवितै उद्धार

Aadil Times 1+ समाचार ( )
२९ माघ २०७९

टर्कीको भूकम्पमा एक पछि अर्को जादुमयी उद्धार भएका छन् । केहि दिन अगाडि मृत आमासँग सालनाल जोडिएर पनि बाँचेका बालिकाको उद्दा भएको थियो ।

पछिल्लो समयमा १४० घण्टापछि १३ वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ ।

टर्कीको गाजिआन्तेप प्रान्तमा भूकम्पमा पुरिएको १४० घण्टापछि बालिकाको उद्धार गरिएको हो । भूकम्पले लडेको घरमा पुरिएको अवस्थामा बालिका भेटिएकी थिइन ।

यस्तै टर्कीको आन्ताक्य सहरमा दुई महिनाका बालकलाई भूकम्प आएको १२८ घण्टापछि उद्धार गरिएको छ ।

सोमबार टर्की र सिरिया क्षेत्रमा गएको भूकम्पमा परेर टर्कीमा मात्रै २५ हजार हाराहारीको ज्यान गएको छ भने ८० हजार भन्दा बढी घाइते भएको टिआरटी वर्ल्डले उल्लेख गरेको छ ।

प्रतिक्रिया