सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले बढेर एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार २२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया