सुनचाँदीको मूल्य बढ्यो

Aadil Times 1+ समाचार ( )
१८ माघ २०७९

साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ५ रूपैयाँले बढेर १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया