सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

सुनसरी क्षेत्र नम्बर ४ बाटत प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी बनेका छन् । उनी ३० हजार ४८३ मतका साथ विजयी बनेका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

११२ मतान्तरले कार्की विजयी बनेका हुन् । मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।


प्रतिक्रिया