अन्र्तराष्ट्रिय अपाङता दिवशको अवसरमा विराटनगरमा ट्राईसाईकल रेस प्रतियोगिता

Aadil Times 1+ समाचार ( )
१७ मंगशिर २०७९

अन्र्तराष्ट्रिय अपाङता दिवशको अवसरमा विराटनगरमा ह्वील चेयर र ट्राईसाईकल रेस प्रतियोगिता आयोजना गरिएको छ । 

स्थानिय संसारीमाई मन्दिर परिसर सामुन्नेको मेनरोडमा शनिवार बिहान ह्वील चेयर र ट्राईसाईकल रेस प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा झण्डै २ दर्जन ह्वील चेयर र ट्राईसाईकल प्रयोगकर्ता महिला तथा पुरुषले भाग लिएका छन । प्रतियोगिता अन्र्तगत ह्वील चेयर र ट्राईसाईकलका २ विधामा प्रतिस्पर्धा गराईएको थियो । सो क्रममा सहभागिबीच झण्डै एक सय मिटरको रेस गराईएको थियो । 

प्रतियोगितामा ह्वीलचेयर तर्फ विराटनगरका विश्वध झा प्रथम, होम बोगटी दोश्रो र होम पराजुली तेश्रो भएका छन । यसैगरि ट्राईसाईकलतर्फ श्रवण सिंह प्रथम,रामकुमार सहनी दोश्रो र किशोर मोची तेश्रो भएका छन । प्रतियोगितामा बिजयी भएकालाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको आयोजक सार्मथ्य समाजका अध्यक्ष चेतनाथ पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया