मिटरब्याजी पीडित समूह र नेपाल प्रहरीबीच झडप भएको छ। लामो समयदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो।
>
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको हो।
>
मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो। झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्। घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
>>