कांग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

Aadil Times 1+ समाचार ( )
५ फाल्गुन २०७९

ग्यास दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । भण्डारी अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको आईसीयूमा उपचाररत छन् ।

उपचारमा संलग्न डाक्टरहरूले भण्डारीको अवस्था खतरामुक्त रहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ । भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको बताइएको छ ।

नेपालमा उपचार सम्भव नभएपछि बिहीबार उनलाई एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । नेशनल बर्न सेन्टरका डाक्टर अमुलले भण्डारीको हृदयको गति सामान्य रहेको र आत्तिनुनपर्ने जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।

भण्डारीको आज दुईपटक शल्यक्रिया गरिने भएको छ । बिहान साढे १० बजे पहिलो र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी चिकित्सकले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार