श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Aadil Times 1+ समाचार ( )
२० मंगशिर २०७९

 सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–३,  क्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगर पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मीना आले मगरलाई हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मगर एक वर्षअघि बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया