मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदै छ ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्व बुधबार मनाइएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाड पर्वका रुपमा मनाईने गरिन्छ । कार्तिक शुक्ल नवमीका दिन अमला धातृको रुखको फेदमा खाना खाने मैथिल परम्परा रहेको छ ।

महोत्तरीका गाउँनगर बस्तीमा बुधबार बिहानैदेखि सामूहिक भोजन गरिएको छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रूखका फेदमा अमलाका विशेष परिकार अचार, मुरब्बा र चटनीसहित साकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा समेत रहेको छ । चिसो मौसम सुरु हुँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको स्थानीय पण्डित महेशकुमार झाले बताउनुभयो ।

यो पर्वमा खास गरी युवाहरु वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् ।

प्रतिक्रिया