नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् ।
>
सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् ।
>
“यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो ,वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने, आयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ ।
>
उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए ।
>
राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुनु हो,उनले भने । >
उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए । >
सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरूलाई राज्यले सम्झिदाखेरी विरोध गर्नेहरूको विवेक हराएको टिप्पणी गरे ।>
लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु उनीहरूप्रतिको अपमान रहेको उनको भनाइ छ ।
>>