घट्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९


           नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया