औषधी विभागको नक्कली कर्मचारी बनेर औषधी व्यवसायसँग ५ लाख रकम माग्ने आरोपमा पत्रकार लुकमानमाथि मुद्दा दायर

Aadil Times 37+ समाचार ( )
२९ आश्विन २०८०

विगत ढेड दशक देखि पत्रकारिता क्षेत्रमा लागेर काम गर्दै आएका पत्रकार लुकमान अन्सारी माथि इलाका प्रहरी कार्यालय इटहरीले मुद्दा दायर गरेको छ ।
औषधी व्यवस्था कार्यालय ,बिराटनगरको नक्कली अनुगमन टोली बनाएर इटहरी तरहराका एक औषधी व्यवसायीको पसलमा छापा मारेर ५ लाख रकम मागेको आरोपमा उनी माथि अभद्र व्यवहार गरेको मुद्दा दायर गरि अदालतबाट म्याद थमाई अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । औषधी व्यवसायीको सुचनाका आधारमा पक्राउ परेका लुकमान अन्सारीसँगै रहेका अन्यको खोजी कार्य समेत भई रहेको बताएको छ । लुकमान अन्सारी भुकम्प साप्ताहिक पत्रिकाका प्रकाशक हुन र उनी नेपाल पत्रकार महासंघका सदस्य पनि रहेका छन् ।

प्रतिक्रिया