उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

Aadil Times 1+ समाचार ( )
२८ चैत्र २०७९

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

महासंघको ५७ औँ वार्षिक साधारण सभाका क्रममा निर्वाचन हुन लागेको हो । नेतृत्व चयनका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानमा बिहान ८ देखि ४ बजेसम्म मतदान हुँदैछ ।

महासंघका ६४ मध्ये ४ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ६० पदमा आज १ सय १२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५५ जना कार्यसमिति सदस्य निर्वाचनमार्फत चुनिनेछन् ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

जसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनेछ । ढकाल चैत ३० देखि स्वतस् महास‌ंघको अध्यक्ष बन्नेछन् ।

महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ ।


प्रतिक्रिया