इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
तीन जनाको मृत्यु ;;
१२ कार्तिक २०७९


                     सुनसरीको इटहरी १० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ । तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनु भयो ।

प्रतिक्रिया