मोटरसाइकलको ठक्करबाट मोरङमा पैदल यात्रीको मृत्यु

Aadil Times 1+ समाचार ( )
२४ मंगशिर २०७९

मोरङको सुन्दरहरैचा–मा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

सुन्दरहरैचा ७ गोठगाउँमा बिहीबार मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो । घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

प्रतिक्रिया