म्याग्दीका कृषकलाई मतदातामा छैन उत्साह

Aadil Times 1+ समाचार ( )
उम्मेदवारहरुका कुरा सुन्नेसम्म फुर्सद...
२९ कार्तिक २०७९

 निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको छ ।

म्याग्दीका कृषकलाई खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन भ्याइ(नभ्याइ छ । कृषकलाई निर्वाचको सभा र भेटघाटका लागि गाउँ पुगेका उम्मेदवारहरुका कुरा सुन्नेसम्म फुर्सद छैन ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा निर्वाचनको प्रचार–प्रसारमा पुगिरहेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरु समूह बनाएर म्याग्दीका गाउँ बस्ती र खेतबारीमा पुगेपनि मतदाताहरु भने आफ्नै काममा व्यस्त हुने गरेका छन् । निर्वाचन नजिकिदै जाँदा दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिएता पनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन् ।

एकातिर कामको चटारो छ भने अर्कोतिर विगतका निर्वाचनहरुमा भोट दिएर पठाएका जनप्रतिनिधिहरुको व्यवहारले जनताको मन कुँडिएको छ । यो पटकको चुनावी चहल–पहलमा काकको चटरोको कारण मतदातामा उत्साह नदेखिएको शिक्षक प्रेम नेपालीले बताउनुभयो ।

निर्वाचनको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता र उनीहरुका कार्यकर्ता आउने गरेको गुनासो

मतदातको छ । जिल्लाका अधिकांश मतदाताले उम्मेदवारहरु निर्वाचनको समयमा सबै जनताको घरदैलोमा पुग्ने जनतालाई आश्वासन दिने तर निर्वाचन जिते पछि फर्केर नहेर्ने उनीहरुको भनाइ छ । नेता आउछन जान्छन तर अहँ अहिलेसम्म किसानका समस्या नहेरेको रत्नेचौरको फाँटमा धान काट्दै गरेकी कृषक देवी रावलको गुनासो छ । समयमै मल र बीउ नपाउदाको समस्यामा कुनै नेताले नहरेको उहाँको भनाइ छ ।

मतदाताहरुले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु निर्वाचनको प्रचार–प्रसारमा हिड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेसका उपसभापति केवी भण्डारीले विगतका निर्वाचनबाट जितेर गएका दल र उम्मेदवारहरुले जनतालाई पटक पटक ढाँटेका हुनाले यस पटकको निर्वाचनप्रति मतदातामा खासै उत्साहा नभएको स्वीकार गर्नुभयो । तर नेकपा एमालेकोतर्फबाट प्रदेश सभा ९ख० का उम्मेदवार देवेन्द्र बहादुर केसीले भने कामको चटारो भएपनि जनता उत्साहित भएर मतदान गर्ने बताउनुभयो ।

प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा ३ पदका लागि १९ जना उम्मेदवार निर्वाचनको मैदानमा छन्। प्रतिनिधि सभामा ३ जना स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र ९क० र ९ख० मा ५(५ जना उम्मेदवार छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र १ सय १९ वटा मतदान केन्द्र रहेका छन् ।

त्यसैले विगतका निर्वाचनहरुमा झै जनता नझुक्याउने बाचा गरे यहाँका जनतामा फेरी उत्साह चाही थपिने थियो ।

म्याग्दीका मतदाता


प्रतिक्रिया