मेयर बालेन साह विरुद्ध काठमाडौंमा प्रदर्शन

Aadil Times 1+ समाचार ( )
१३ चैत्र २०७९

काठमाडौं महानगरपालिकाकाम मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुम्वासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् ।

काठमाडौंको नँया बानेश्वरदेखि माईतिघरसम्म विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरु गरिएको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

उनले संविधान,र कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर शाहले गरिरहे उनले बताए । साथै, आफूहरुको माग सुनुवाई नभएमा कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ । 


प्रतिक्रिया