उर्जामन्त्री शक्ति बहादुर बस्नेत सुटुक्क भारत छिरे , मोदीसँग पनि भेट

Aadil Times 1+ समाचार ( )
२७ चैत्र २०७९

उर्जा जलस्रोत तथा सिचाँइमन्त्री शक्ति बहादुर बस्नेत सुटुक्क भारत पुगेका छन् । एक कार्यक्रममा सहभागी हुन उनि भारत पुगेका हुन ।

भारतको कर्णाटकमा आईतवार भएको एक कार्यक्रममा सहभागी हुन बस्नेत भारत गएका हुन, उक्त कार्यक्रमको प्रमुख अतिथी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका थिए ।

मोदीले उद्धघाटन गरेको उक्त कार्यक्रममा मोदीले सो अवसरमा इन्टरनेशनल बीग क्याट एलायन्सको पनि घोषणा गरे । आज केही उच्च स्तरीय भेटघाट गरेर मन्त्री बस्नेत भोलि नेपाल फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको वातावरण बनाउन मन्त्री बस्नेत भारत गएका बताईएको छ ।

प्रतिक्रिया