विश्वकप फुटबल: पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा

Aadil Times 1+ समाचार ( )
२० मंगशिर २०७९

कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा सुरुवात गराएको पोर्चुगलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पुग्न स्विट्जरल्यान्डविरुद्ध गोलको वर्षा गरेको छ । क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा ६–१ को फराकिलो जित दर्ता गर्यो ।

पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १९१ गोल थपे ।

१७ अ‍ौं मिनेटमा रामोसले जोआअ‍ो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे । उनले बायाँ खुट्टाले गरेको प्रहार निअर पोस्टमा गोल भएको थियो ।

कार्यवाहक कप्तान पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

५१ अ‍ौं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे । उनले डालोटको क्रसलाई पहिलो टचमा गोलरक्षक यान सोमरको खुट्टा मुनिबाट गोलको दिशा दिए । ५५ अ‍ौं मिनेटमा राफाएल गुरेरोले रामोसकै पासमा गोल गरे । त्यसको केहीबेरमै म्यानुएल अकान्जीले स्विट्जरल्यान्डका लागि गोल फर्काए ।

६७ अ‍ौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे । पोर्चुगलका लागि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सुरुवात गरेका उनले विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरे । इन्ज्युरी समयमा लिआअ‍ोले गुरेरोको पासमा गोल गर्दै खेलमा पोर्चुगलको गोल संख्या आधा दर्जन पुर्याए ।

पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया