टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ ।
>
सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो । भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।
>
भूकम्पपछि टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । उनले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए ।
>>