विराटनगर महानगरपालिकाको राजश्व बढ्यो

Aadil Times 1+ समाचार ( )
३ चैत्र २०७९

विराटनगर महानगरपालिकाले राजश्व संकलन बढाएको छ । महानगरले करको दायरा बढाएको र कर बुझाउन अतिरिक्त शुल्क मिनाहा गरेपछि राजस्व बढेको हो ।

महानगरपालिकाले गत आर्थिक वर्षमा ३५ करोड राजश्व संकलन गरेकोमा यस वर्ष ८ महिनामै ४१ करोड संकलन गरेको छ ।

महानगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुको सकृयता र मेहनेतका कारण राजश्व संकलनमा बृद्धि भएको हो ।

महानगरपालिकाले राजश्व संकलनमा बृद्धि गर्नका लागि घर नक्शामा लिइएको अतिरिक्त शुल्क हटाइएको थियो र दायरामा आउन महानगरबासीलाई मौका दिइएको थियो ।

यसका लागि महानगरपालिकाले नक्शा पास बेगर घर बनाउनेलाई थप २ महिना मौका दिएको छ ।

विराटनगरमा ८० प्रतिशत भवन नक्शा पास बेगर निर्माण भएको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला आएपछि घाटामा रहेको महानगरपालिकालाई केही हदसम्म मुनाफामा लान सफल भएका छन् ।

विराटनगरमा कर संकलन कम हुँदा यहाँको विकास निर्माणमा समेत समस्या आएको थियो र, कर्मचारीको खर्च धान्न समेत धौ–धौ परेको थियो ।

प्रतिक्रिया