मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

Aadil Times 1+ समाचार ( )
२१ कार्तिक २०७९

विराटनगर । भोलि मंगलबार ‘ग्रस्तोदित खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने जनाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ ।

चन्द्रोदय हुँदादेखि ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

चन्द्रग्रहणको ९ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

प्रतिक्रिया