देशलाई अग्रगमणमा लैजान नेकपा एमाले र जसपाको चुनावी तालमेल

Aadil Times 1+ समाचार ( )
२४ कार्तिक २०७९

देशलाई अग्रगमणमा लैजान नेकपा एमाले र जनता समाजबादी पार्टीको चुनावी तालमेल भएको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन । 

विराटनगर–१४ स्थित रामजानकी मन्दिर परिसरमा आज भएको चुनावी सभालाई सम्बोधनगर्दै नेकपा एमाले र जसपाका नेता तथा उम्मेदवारहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै एमाले नेता भुराज राईले अग्रमण र राष्ट्रिय एकताका निम्ति जसपासंग चुनावी तालमेल भएको बताउनुभयो । अहिलेको अवस्थामा एमाले र जसपा सम्मिलित सरकारले मात्र मुलुकलाई निकास दिनसक्ने उहाँले दाबी गर्नुभयो । एमालेका नगर अध्यक्ष सागर थापाले निर्वाचनपछि समृद्धि र विकाशका निम्ति एमाले जसपाको सरकार बन्ने दाबी गर्नुभयो । 


प्रदेश एकका स्वास्थ्य मन्त्री एवम जनता समाजबादी पार्टीका तर्फबाट मोरङ ५ ख बाट उम्मेदवार जयराम यादवले नेकपा एमाले कार्यकर्ताहरुको संगठित र अनुसाशित पार्टी रहेको बताउनुहुँदै एमाले जसपाको तालमेलले मुलुकलाई अग्रगामी गति दिने बताउनुभयो । 


जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष एवम मोरङ क्षेत्रनम्बर ५ बाट प्रतिनिधि सभा सदस्य राजकुमार यादवले नेपाली काँग्रेस र नेकपा माओबादीले षडयन्त्र गरेर जसपालाई कमजोर बनाउने खेल रचेपछि एमाले–जसपा तालमेल भएको दाबी गर्नुभयो । निर्वाचनपछि पनि एमाले र जसपाले केन्द्रदेखी प्रदेश सम्म सरकार बनाएर मुलुकको बिकाशमा जुट्ने उहाँको भनाई थियो । 


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर आएका कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गराईएको थियो ।

प्रतिक्रिया