झापाको चिया बगानमा युवक–युवती मृत भेटिए

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

झापाको कचनकबलमा एक युवक र एक युवती मृत फेला परेका छन् ।

मंगलबार बिहान कचनकवल गाउँपालिका ४ केचनास्थित चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी वसन्त पाठकले जानकारी दिए ।

चिया बगानभित्रको एउटा रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । तीन महिना अघि भागेर बिहे गरेका उनीहरुलारुई परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेको बताइएको छ । उनीहरुको बिवाहलाई केटा पक्षले स्वीकार पनि केटीका बुबाले राजेशविरुद्ध मुद्धा हालेका थिए ।

केटी पक्षले लगातार दबाब दिइरहेका कारण दुवै जना आत्महत्या गर्ने अवस्थामा पुगेको मृतक राजेशका काका रघुनन्दन राजवंशीले बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया