ब्रेक फेल हुँदा बस दुर्घटना,६ जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
२८ फाल्गुन २०७९

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा ब्रेक फेल भएर बस दुर्घटना भएको खुलेको छ । आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस तीव्र गती र ‘ब्रेक’ फेल हुँदा दुर्घटना भएको सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

बस तीव्र गतिमा गुडिरहेको थियो । सोही बेला ब्रेकसमेत फेल भएछ । त्यही कारण दुर्घटना हुन पुगेको हो,’ एसपी सिलवालले भने ।

मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । घाइतेहरूको खुरर्कोट अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया