विश्वकपमा आज चार खेल, स्विजरल्याण्ड र क्यामरुन भिड्दै

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह जी मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्विट्जरल्यान्ड र क्यामरुनले गोलसहित बराबरी खेलेका छन् ।

यस्तै दोस्रो खेलमा समूह एच को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह एच मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

बिहीबारै हुने चौंथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह जी मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । विश्वकपमा कूल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार