बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

Aadil Times 1+ समाचार ( )
९ जेठ २०८०

बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथि २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको हो । पहिलो खेलमा कीर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथिको जित संगै ६ अंक बनाएको हो ।

यसै समूहबाट भारतले कीर्गिस्तानमाथि ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारतले कीर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।

समूह बिजेता र उपबिजेताको छिनोफानो भोलि बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । कीर्गिस्तान र बंगलादेशले अब बरियताका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै आजै भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथि निकैनै प्रतिस्पर्धात्मक खेलमा ३–१ सेटको जित निकाल्न सफल भयो । पहिलो र दोश्रो सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेश्रो सेट १८–२५ले श्रीलंकालाई सुम्पियो ।

यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मक रुपमा २९–२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ ग¥यो । यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार