राप्ती नदीमा बेपत्ता दुई जनाको शव फेला

Aadil Times 1+ समाचार ( )
१८ मंगशिर २०७९

बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ ।

बयर खान जङ्गल गएका दुवै जना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो ।

मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्पणा थारु रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया