तोलामा ९ सयले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ। सोमबार तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको हो।

छापावाल सँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार ९ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ।


प्रतिक्रिया