सुनको मूल्य बढ्यो

Aadil Times 1+ समाचार ( )
१५ माघ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा नै स्थिर रहेको छ।

महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ।


प्रतिक्रिया