थपिए ५९ जना कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ४२ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ६ सय २ जनाको पीसीआर र २ हजार ४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ५३ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया