सरकारसँग देश बनाउने कुनै मिसन र भिजन छैनःअध्यक्ष ओली

Aadil Times 1+ समाचार ( )
आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने...
१९ कार्तिक २०७९

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन् ।

स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने उनले बताएका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए ।

‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ । एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं । मंसिर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकैचोटि गर्दैछौ’ उनले भने ।

प्रतिक्रिया