भारतीय रिजर्भ बैंकले जारी गर्‍यो पहिलो भर्चुअल मुद्रा

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले डिजिटल मुद्रा जारी गरेको छ । पाइलट प्रोजेक्ट अन्तर्गत आइबीआईले सेन्ट्रल बैंक डिजिटल करेन्सी अर्थात सीबिडिसी जारी गरेको हो ।

यी मुद्रा सीबिडिसी होलसेल र सीबिडिसी रिटेल गरी दुई प्रकारका हुने छन् । पहिलो चरणमा सीबीडीसी होलसेल मुद्रा जारी गरिएको हो । ई रुपए डिजिटल मुद्राको मूल्य पनि भौतिक मुद्राकै बराबर हुने छ । ब्लक चेनमा आधारित यो मुद्रा विभिन्नखाले क्रिप्टो करेन्सी भन्दा चाहीँ फरक हुने र मुद्रा पूर्ण रुपमा आरबीआईको ग्यारेन्टी सहितको हुने जनाइएको छ ।

फरक यही हो कि यसलाई बैंक खातामा जम्मा गर्न वा खल्तीमा बोक्न ब्यक्तिको विद्युतीय खातामा रहने यो मुद्रा भौतिक मुद्रासँग साट्न भने मज्जाले पाइने छ ।

आरबीआईले जारी गर्ने हुनाले यो मुद्रामा विटक्वाइन, इथरलगायतका क्रिप्टो करेन्सीमा जस्तो जोखिम हुने छैन । यो मुद्राको विस्तारसँगै भुक्तानीमा रहेका थुप्रै झन्झटहरु र लागत हट्ने दाबी पनि गरिएको छ ।

विदेशमा काम गर्नेहरुलाई रकम पठाउन र आयात निर्यातको काम गर्नेहरुलाई निकै सजिलो हुने दाबी आरबीआइको छ । सीबिडिसीले बैंकहरुको निक्षेप भने घटाउने छ ।

प्रतिक्रिया