मिटर ब्याजपीडितको समस्या समाधान नभएसम्म काठमाडौं छाड्दैनौं

Aadil Times 1+ समाचार ( )
१२ चैत्र २०७९

मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले आफूहरु सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने पक्षमा रहेको बताएका छन् ।

‘हामी चैत २ गतेदेखि ११ दिन हिँडेर हिजो दिउँसो तीन बजे काठमाडौंको मातातीर्थमा आइपुग्यौं । साँझतिर गृहमन्त्रालयबाट फोन आयो । हाम्रो के कस्तो अवस्था छ भनेर बुझ्न भनेर आउनुभएको थियो ।

उहाँहरुले संघर्ष स्थगित गर्नुपर्छ भन्नुभयो । ६ महिनाअघि भएको पाँच बुँदे सम्झौता अझै लागू भएको छैन । हामी अब सीधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्छौं ।’

अब कुनै पनि मौखिक सहमति नमान्ने पासवानले बताए । उनले भने, ‘हाम्रो घरजग्गा फिर्ता हुनुपर्यो । मिटरब्याजीको तमसुक रद्द हुनुपर्यो । अब हामीलाई मुखले भनेर मात्र हुँदैन ।

स्थानीय जनप्रतिनिधिबाट काम हुँदैन भनेर हामीले त्यतिबेलै भनेका थियौं । पालिकाको मेयर नै सुदखोर छ, अनि पीडितलाई कसरी न्याय दिन्छ रु’

संयोजक पासवानले अदालतले मिटरब्याजीको कागजलाई प्रमाण ठानेर फैसला गरेको आरोप पनि लगाए । उनले भने, ‘जसको घरमा चोरी भएको छ, उसैलाई चोर भनेर जेल हालिएको छ ।

पीडितको पक्षमा कतै पनि फैसला आएको छैन । अब हामी समस्या समाधान नभएसम्म काठमाडौंमै बस्छौं ।’ आज दिनभरि काठमाडौंमा मिटरब्याजपीडितले पैदल मार्च गर्ने पनि उनले बताए ।

प्रतिक्रिया