नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने– म तपाईंहरूको साथमा छु

Aadil Times 1+ समाचार ( )
१ चैत्र २०७९

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध खेल्न लागेको नेपाली टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जितको शुभकामना दिएका छन् ।

आज सामाजिक सञ्जालमार्फत ओलीले भनेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो ।

उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना । राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु ।’


प्रतिक्रिया