नेपाललाई स्कटल्याण्डले दियो २१३ रनको लक्ष्य

Aadil Times 1+ समाचार ( )
८ फाल्गुन २०७९

काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ४६.१ ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।

प्रतिक्रिया