नेपाललाई पीएनजीले दियो १८० रनको लक्ष्य

Aadil Times 1+ समाचार ( )
१९ फाल्गुन २०७९

आईसीसी विश्वकप लिग-२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई जितका लागि १८० रनको मध्यम लक्ष्य दिएको छ ।

दुबईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन जोडेको हो । यससँगै नेपालले जितका लागि १८० रनको लक्ष्य पाएको छ ।

पीएनजीविरुद्ध नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २र२ विकेट लिएका थिए । त्यस्तै करन केसी, सन्दीप लामिछाने, कुशल मल्लले १र१ विकेट लिए ।

ब्याटिङतर्फ युएईका टोनी एराले ३९, किप्लिन दोरिगाले २६, हिरीहिरीले ३१, सेसे बउले ११, असाद भालाले ११, गाउदी टोकाले १५ र नोर्मान भानुयाले १४ रन जोडे । अन्य ब्याटरहरूले दोहोरो रन जोड्न सकेनन् ।

प्रतिक्रिया