अमृतको जितमा जसपाका पूर्व कार्यकर्ताको साथ : जयरामलाई पार्टी भित्रै अन्तर्घात !

Aadil Times 1+ समाचार ( )
अमृतलाई पनि कम सकस थिएन । काँग्रेस पार्टीलाई चुनावको बेला एउटा शब्दले पिरोलिरहन्छ , त्यो हो , अन्तर्घात...
१४ मंगशिर २०७९

मंसिर ४ गते निर्वाचनको मिती घोषणा गरे संगै , मोरङ क्षेत्र नं ५ मा पर्ने , रंगेलि नगरपालिका , धनपालथान गाँउपालिका , जहदा गाँउपालिका र विराटनगर महानगरपालिका का मतदाता तथा स्थानीयहरुको लागी टिकट कस्ले पाउने सवालमा ,कौतहुलताको विषय बनेको थियो । 

मोरङ क्षेत्र नं ५ बाट यस भन्दा अगाडि प्रतिनिधि सभामा माओवादि पार्टीका शिवकुमार मण्डल निर्वाचित भइसकेका थिए । यस पटक नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले समेत यस क्षेत्रमा दाबी गरेका थिए । तर राजनितिक दलको समिकरण र शिवकुमारको यस क्षेत्रको लगावटले गर्दा अमृतले टिकट पाउन सकेनन् । बरु काँठमाण्डौंबाट मोरङ क्षेत्र नं ५ (ख) का लागि प्रदेश सभा सदस्यको टिकट लिएर आए अर्याल  र उमेदवारी दिए । 

अर्याल प्रधानमन्त्री देउवाका विशेष विश्वास पात्र समेत हुन् । प्रधानमन्त्री देउवाले राष्ट्र राजिनितीमा कुनै उथल पुथल नभए , अर्याललाई  मुख्यमन्त्रीको रुपमा अगाडि सारीसकेका छन् ।  

यस्तै मधेश आनदोलनको रापतापबाट उदय भएका जनता समानवादी पार्टि(हालको पार्टी) का नेता जय राम यादब समेत यस क्षेत्रका मसिहा थिए । सविंधान सभा सदस्य समेत बनिसकेका जयराम हाल १ नं प्रदशका स्वास्थ्य मन्त्री समेत हुन् । उनले पनि आफ्नो उमेदवारी यस क्षेत्रबाट दिए र सुरु भयो चुनावी घमसा घमसी । यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा एमाले—जसपाका तालमेलका उमेदवार थिए जसपा नेता राजकुमार यादब ।  

जयराम र अमृतको लागी यो चुनाव सहज थिएन । स्थानीय तहको चुनावमा टिकट वितरणमा हस्तक्षेपमुखी भुमिका खेलेको भन्दै जसपाका राजनितिक समिति सदस्य समेत रहेका जयरामलाई अघोषित रुपमा  राजकुमारका समर्थकहरुले असहयोयग गरेको छ भने ,  राजकुमारलाई समेत जयरामका समर्थकहरुले भित्रि रुपमा सघाएनन ।

राजकुमारका समर्थकहरुले चुनावी प्रचारप्रसारमै गोप्य रुपमा भन्दै थिए , पहिल मतपत्र म , एक छाप छातामा दिह , और जहिम दैक मन हेतो तहिमे दिह (पहिलो मतपत्रमा एक छाप छातामा दिनु अरु जे मा मनलाग्छ त्यसै मा दिनु ।

यस्तै जयारामका समर्थकहरुले भन्दै थिए , उपर म, मन हेतौ तौ छाता म दिह नहि त जे मन हेतो से करिह , लेकिन प्रदेश म छाता म हि दिह,(माथीमा मन लाग्छ भने छातामा दिनु नत्र जे मन लाग्छ त्यहि गर्नु तर प्रदेशमा छातामा नै दिनु ) । 

जयराम र राजकुमार दुबैमा ठूलो नेता को बन्ने बिषयमा संघर्ष चलिरहयो । जयरामलाई उनका विश्वाश पात्र मनिने , देबेन्द्र यादब , दिलिप चौधरीले सघाइरहे भने , राजकुमारलाई , जिल्ला प्रचार प्रसार समितिका संयोजक , दिनेश साह , राजकुमारको यादब भाई उपेन्द्र यादब , मो. नसरुल , प्रविन जैनले सघाइरहे ।  

यता अमृतलाई पनि कम सकस थिएन । काँग्रेस पार्टीलाई चुनावको बेला एउटा शब्दले पिरोलिरहन्छ , त्यो हो , अन्तर्घात । चाहे त्यो गठबन्धनले गर्न सक्छन् भन्ने डर वा कि त पार्टी भित्र कै अन्तर्घात । अमृतलाई गठबन्धनको अन्तर्घातको डर थिएन । तर उनलाई आफ्नै पार्टीले हराउन लाग्छन् भन्ने डर थियो । डर मात्र होइन् प्री एलेन्क्सन सिनारियो देखी पोस्ट एलेक्सन सिनारियो सम्म पनि त्यहि देखीयो । 

अमृत अर्यालले जहाँबाट पनि टिकट पाओस वा नपाओस तर मोरङ क्षेत्र न ५(ख)का लागी आफूले नै टिकट पाउनुपर्ने राजेश गुप्ताको चाहाना थियो । अन्तिम सम्म र अथक प्रयास गरे राजेशले टिकटका लागी । तर राष्ट्र राजनितिको उतार चढावले राजेशले टिकट पाएनन् । अमृतले टिकट पाए । टिकटका लागी दुबै राजेश र अमृत काठमाण्डौंमा थिए । श्रोतका अनुसार अमृतले राजेशसंग सल्लाह र सहकार्यमा टिकट लिएका थिए । तर टिकट नपाए पछि राजेश रुष्ट मात्र भएनन् उनले अमृतलाई हराउन लागिरहेको गम्भिर आरोप पनि लाग्यो ।

उनलाई आरोप लाग्नुको मुख्य ३ कारण छन् । 

१. निर्वाचन प्रचार—प्रसारको बखत उनले अमृत अर्यालको कुनै पनि घर दैलोमा नगएको , कुनै पनि सभा समारोहमा उपिस्थीति समेत नदेखाएको र उनले अमृतलाइ भोट नदिनु भनेर भन्दा पनि भोट पनि नमागेको उनलाई उनको कार्यकर्ताहरुले आरोप लगाएका छन् । 

नोट ः उनले पछिल्लो समय ,जहदाको समाचकेवा कार्यक्रम, १५ नं वडाको एक कार्यक्रम , अन्तिम समयमा पार्टी कार्यलय उदघाटनमा गएका थिए ।  

२. आफूलाई नजरबन्दमा राखेको भनेर भन्नु , जस्मा उनले पछि पुनः मिडियामा नै नजरबन्दमा नपरेको भन्नु । 

र ३.काँग्रेस नेता अर्याल निर्वाचित भए पनि प्रदेशको कोषाध्यक्ष समेत रहेका गुप्ता विजय र्यालीमा कतै नदेख्नु । 

यस पटकको चुनावमा जहदा गाँउपालिकाका वडा नं १ का स्वतन्त्र रुपमा वडा अध्यक्ष पदका उमेदवार जवाहर यादबले अमृतका लागी दाहिना हात बनेको देखियो । जवाहर सहित श्री प्रसाद सर्वरीया , खटर सरवरिया , रनविर राजवंशि लगायतले १ नं वडालाई पकडमा लिए । 

यस्तै अर्याललाई विशेष सहयोग गर्ने अर्का एक व्यक्ती हुन् अजय शर्मा , उर्फ छोटु । महाधिवेशन प्रतिनिधि समेत रहेका उनि अमृत अर्यालको थिङक् ट्याङकका मास्टर माइन्ड हुन् । चुनावको दौरानमा कुनै पनि रणनिति बनाउनु परे छोटुले गर्थे । यति सम्म की अमृतको आन्तिरिक बैठक नै छोटुको घरमा हुन्थ्यो । घर दैलो कार्यक्रममा कहाँ को जाने र कसरी ह्याण्डलिङ गर्ने काम नै उनको थियो ।   

अमृतलाई जति सजिलो लागेको थियो चुनाव त्यती नै प्रतिस्प्रधातमक थिए । तात्कालिन फोरम र अहिले जसपा पार्टीको समेत पकड रहेको जहदामा मतदातालाई रुझाउने संघर्ष चलिरहयो । यस पटकको चुनावमा अमृतका लागी सार्थी बने फैयाज रैन । फैयाजको काँधमा समग्र क्षेत्रकको जिम्मेवारी थियो । ५(ख) मा पर्ने जहदा गाँउपालिका देखी बिराटनगर महानगरपालिकाका वडाहरुका लागी नेतृत्व दायी भुमिका खेले फैयाजले । 

जहाँ बिग्रेको देखिन्थ्यो , त्यहाँ फैयाज पुग्थे । अमृतका विश्वास पात्र फैयाज रैनलाई बिभिन्न वडा हयाण्डलिङ गर्न कसलाई जिम्मेवारी दिने भन्ने विषयमा चर्चा चलेको थियो । फैयाज जसपाका पूर्व कार्यकर्ता हुन् । अमृतकै सहयागमा प्रधानमन्त्री शेरबहादुर देउवासंगै टिका लगाउदै नेपाली काँग्रेस पार्टी प्रवेश गरेका थिए फैयाज रैन । मोरङ क्षेत्र नं ५ का सचिव समेत रहेका उनि पहिला जहदा २ नं वडालाई हयाण्डलिङ गर्ने नेता—कार्यकर्ताको खोजीमा लागे र उनले छनौट गरे , बिरेन्द्र राजभर , हरिहर राई , ज्ञान चन्द्र राई अनिल यादब , प्रवेश मण्डल लाई । फैयाजले भने , २ नं वडाको वडा सभापति राजेश श्रेष्ठले आफ्ना कमाण्डमा २ नं वडा समाहाले । 

यता हृदय राजवंशी , संतोष राजवंशी , गुरु दयाल राई, जुगेश्वर मलाह , संतोष यादब लगाउतका यूवाहरु अमृतका लागी जहदा ३ नं वडाको नेतृत्वदायी भुमिका निर्वाह गर्न लगाए । 

जहदा ३ नं वडा समेत सकस थियो अमृतका लागी , किन भने , यो वडा जसपाको केन्द्र हो । हाल समेत ३ नं वडामा वडा अध्यक्ष अनिल ठाकुर जसपाबाट निर्वाचित भएका हुन् । 

जहदाको ४ नं वडा देवानन्द साह मोहन महतो , राजनन्दन महतो , लगायतका नेताहरुले कमाण्ड समाहलेका हुन् । 

क्षत्र सचिव फैयाजलाई नेतृत्व दायी भुमिका निर्वाह गर्न कार्यकर्ता छनौट गर्न जहदा गाँउपालिकामा जति असहज थियो त्यति नै सकस थियो , विराटनगरमा माहोल बनाउन । 

फैयाजलाई त , कथन कदाचित अमृतले चुनाव हारे आफूलाई ठूलै अपजस लाग्ने डर पनि थियो । तर उनले चुनौतिको सामना गर्दै अगाडि बढि रहे । 

मैथीली भाषमा एउटा उखान छ , फलनाका त मार समाहर दुनु होइछै (फलानालाई त मार्ने र समहाल्ने दुबै तरिका थाहा छ) । फैयाज यो उखानको लागी उदाहरण बने । जसपा पार्टी परित्याग गरेकै कारण उनलाई जसपा (तात्कालिन फोरम) को दाउपेच थाहा थियो । चुनाव आएपछि पार्टी प्रवेश गरेसंगै त्यहि दाउपेचको संयन्त्रलाई फैयाजले अमृतलाई जिताउन उनले आफ्नो हत्यार बनाए । 

जहदा गाँउपालिकाका काँग्रेस पार्टी सचिव मनोज साह , र जवाहर मंडल , जिरालाल मंडल समेत अमृतका सार्थी बने । 

अमृतलाई जिताउने म्याचमा अर्का एक खेलाडी हुन् , फुल कुमार लालवाणी । मोरङ क्षेत्र नं ५ का लागी प्रचार—प्रसार समितिका संयोजक एवम महाधिवेशन प्रतिनिधि समेत रहेका उनको भुमिका पनि कम थिएन । बिराटनगरमा उनले स्टेप चालेका थिए । एक पछि अर्को असन्तुष्ट मिलाउने जिम्मा थियो फुल कुमारको । 

यता , बिराटनगर १७ नं वडाका महाधिवेशन प्रतिनिधि समेत रहेकी कमला श्रेष्ठ , बिराटनगर १५ नं वडालाई १ नं प्रदेश सदस्य दिनानाथ आचार्यले पकडमा लिएका हुन् । यसै गरि १५ नं वडा मै क्षेत्र प्रतिनिधि अजय शर्मा र उप—सभापति अमर बहादुर श्रेष्ठले सहयोग गरेका हुन् भने , तरुण दलका सभापति अनुज गुप्ता , पशुपति साह , सरफराज आलम लगायतका युवा पक्षधरहरुले वडाको रुलिङ गरे । १३ नं वडामा आमोद झा , १ नं प्रदेश सदस्य , १६ वडाकी निर्मला सुवेदी , तुलाचन्द यादब , १८ नंं वडाका राजेश साहले सहयोग गरेका थिए । 

  संगितको दुनियाँमा लक्षमिकान्त पायरेलाको जोडि जस्तै अमृतलाई जिताउन सहयोग गर्ने २ जना विश्वास पात्र हुन अबुल असलम । अबुल असलम एक जनाको नाम नभएर २ जनाको नाम हो । अबुल खान र असलम आलम( असलम फोरमबाट १५ नं वडाका लागी निर्वाचित पूर्व वडा अध्यक्ष हुन् जो अहिले काँग्रेस पार्टी प्रवेश गरिसकेका छन्) । बिराटनगरको बिभिन्न वडामा यी दुइ जनाको पकड राम्रो मानिन्छ ।   


प्रतिक्रिया