नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन कुनै स्टण्टबाजी नभएको प्रष्ट्याए : प्रधानमन्त्री

Aadil Times 1+ समाचार ( )
४ जेठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन कुनै स्टण्टबाजी नभएको प्रष्ट्याएका छन् ।

सदनमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै जवाफ दिँदै सरकार भ्रष्टाचारीमाथि कारवाही गर्न निर्मम हुने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाउने कुरा छ । यो तीन करोड नेपाली र विश्वको ध्यान केन्द्रित भएको छ । यो कसैले स्टन्डबाजी गर्ने कुरा सोच्नुपनि ठुलो भुल हुन्छ । हामी सबैको र देशकै प्रतिष्ठाको बिषय बनेको छ। भ्रष्टाचार र वेतिथिलाई रोक्ने थालनीबिन्दु हुँदैन। त्यसैले यसलाई कुनै आशंका गर्नुपर्दैन ।’


प्रतिक्रिया