राष्ट्रपति रामचन्द्र पौडेलले गरे स्वास्थ्य परीक्षण

Aadil Times 1+ समाचार ( )
९ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

डा.निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो।

त्यसैगरी राष्ट्रपति पौडेलले आजै शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन । 

प्राडा सगुन जोशीले राष्ट्रपति पौडेलको आँखा परीक्षण गरेका थिए।

प्रतिक्रिया